२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको छ ।

गृह मन्त्रालय अन्तर्गतका करार सेवामा कार्यरत ८३ (तत्कालिन शान्ति मन्त्रालयसमेत गरी) कर्मचारीलाई हटाउँदै बुधबारदेखि सिंहदरवारभित्र प्रवेशमा रोक लगाएको हो । यसरी सेवाबाट हटाइनेमा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयका ४१ कर्मचारी पनि छन् ।

गृह मन्त्रालयअन्तर्गत प्रशासन शाखामा कार्यरत उपसचिव ज्ञाननाथ ढकालका अनुसार तत्कालीन शान्ति मन्त्रालयका कम्प्युटर अपरेटर ६, सहायक कम्प्युटर अपरेटर ३, रिसेप्सनिस्ट १, हलुका सवारी चालक ७ र कार्यालय सहयोगी २६ छन् । यस्तै, गृह मन्त्रालय अन्तर्गतका कम्प्युटर टेक्निसियन १, कम्प्युटर अपरेटर ४, सहायक कम्प्युटर अपरेटर ३ र कार्यालय सहयोगी (झाडु बडारसहित) ३४ छन् ।

गृहले करार सेवामा कार्यरत तत्कालीन शान्ति मन्त्रालयका ४ र गृहका १२ कर्मचारीको भने दरबन्दी मिलान गरेको छ । जसमध्ये कम्प्युटर अपरेटर १०, हलुका सवारी चालक ४ र कार्यालय सहयोगी २ छन् ।

गृहले हटाइएका कर्मचारीको नाम लिस्ट सिंहदरवार सुरक्षामा खटिइएका प्रहरी अधिकारीलाई दिएर उनीहरूले सिंहदरवार प्रवेशमा रोक लगाएको हो ।

गृहका सूचना अधिकारी एकदेव अधिकारीले दरबन्दी नभएकाले करार सेवामा कार्यरत कर्मचारीको नविकरण नगरिएको जानकारी दिए । ‘ती कर्मचारीहरूलाई तीन महिनाको थप तलब सुविधा उपलब्ध गराउँछौं,’ उनले भने ।

अन्य मन्त्रालयका करार सेवाका कर्मचारीले आफूहरूले पुनस्र्थापित गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन् ।

गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले करार सेवाका कर्मचारीको असोज मसान्तसम्म म्याद थपी तीन महिनाको सुविधा दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो । गृह मन्त्रालयअन्तर्गत दरबन्दी खाली भए मिलान गर्ने निर्णय पनि गरेको थियो ।