मन्त्रालय अगाडि धर्ना रोक्न सुरक्षामा कडाइ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मन्त्रालय अगाडि धर्ना रोक्न सुरक्षामा कडाइ


१४ कार्तिक २०७५, बुधबार


काठमाडौं । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ ।

मन्त्रालय परिसर अगाडि आज नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ ।

विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै तीन दिनदेखि धर्ना दिएका थिए ।

सङ्घीय संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिन थालेपछि आजदेखि सुरक्षाकर्मीले कडाइ गरेको हो ।

ती कर्मचारीलाई विगतमा सरकारले गरेको सम्झौताअनुसार व्यवस्थापन गर्न कर्मचारी सङ्घ सङ्गठनले माग गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस