उपराष्ट्रपतिलाई राष्ट्रपतिको जिम्मेवारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपराष्ट्रपतिलाई राष्ट्रपतिको जिम्मेवारी


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं । राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकाले उनको जिम्मेवारी उपराष्ट्रपतिलाई दिइएको हो ।

कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा राष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको हो ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस