बञ्चरो प्रहार गरी श्रीमतीको हत्या « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


१२ कार्तिक २०७५, सोमबार


कपिलवस्तु । बञ्चरो प्रहार गरी कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका – १ बन्कसबासमा बञ्चरो प्रहार गरी ४० वर्षीय वसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्राको हत्या गरेका छन् । ।

परियारले मादक पदार्थ सेवन गरी श्रीमतीको राति ११ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरी फरार रहेका परियारको खोजी कार्य भइरहेको र शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

परियारका दुई छोरा र एक छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस