मलेसियाली मन्त्री आज नेपाल आउँदै, मलेसियामा रोजगारीको ढोका खुल्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलेसियाली मन्त्री आज नेपाल आउँदै, मलेसियामा रोजगारीको ढोका खुल्दै


११ कार्तिक २०७५, आइतबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

काठमाडैं । मलेसियाका मानव संशाधनमन्त्री एम कुलासागरन आज नेपाल आउँदै छन् । दुई देशबीचको श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न उनी नेपाल आउने भएका हुन् ।

नेपाल र मलेसिया बीच भएको श्रम सम्झौतामा सोमबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । नेपालका तर्फबाट श्रम, राजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सम्झोता पत्रमा नेपाली कामदारको छनोट प्रक्रियामा कुनैपनि शुल्क नलाग्ने जनाइएको छ ।

गत असोज १२ गते नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेर नेपाली र मलेसियाली पक्षबीच सम्झौताको एमओयुमा सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस