२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली

अ+ अ-

पर्वत । सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् ।

पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ । चढौँ भेँडाबाख्रा खाँदिएजस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ । दशैँका बेला सडकमा सवारी साधन र यात्रुको चाप छ । यस्तो मौकामा यातायात व्यवसायीले मनपरी भाडा असुली गरिरहेका यात्रुले गुनासो गरेका छन् ।

“हिँडेर जान आउन कठिन भो, गाडी चढ्ने बानी पर्‍यो, चढौँ भने सवारीले मनपरी भाडा लिन्छन्”, पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीका महेश्वर शर्माले भने, “यत्रो भाडा लाग्छ भन्दा कन्डक्टरले भाडा नभए यहीँ झर्नुहोस्, हामीलाई यात्रुको अभाव छैन भन्छन् ।” पर्वत जिल्लाको कूल एक हजार ४४ किलोमिटर सडकमध्ये ६३ किलोमिटर कालोपत्रे, ६० किलोमिटर ग्राबेल र ८८० किलोमिटर सडक कच्ची छ । कच्ची र ग्रामीण सडकमा चल्ने सवारीको मनोमानी छ ।

अग्ला भीरमा रहेका, नमिलाइएका उकालो सडकमा समेत क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको कुश्मा नगरपालिका–१४ आर्थरका शिवराम पौडेलले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको तथ्याङ्कअनुसार जिल्लामा रुट परमिट प्रदान गरिएका सडकमा जिपले प्रतिकिमी रु साढे आठ र बसले रु साढे सात लिने प्रावधान छ ।

तर, सवारी साधनले भने तेब्बरसम्म भाडा असुली गरिहेको यात्रुको गुनासो छ । व्यवसायीले भने मनपरी भाडा नलिएको र क्षमताभन्दा धेरै यात्रु नराखेको दाबी गर्दै आएका छन् ।सीमित सवारी र यात्रुको चाप बढेका कारण ग्रामीण क्षेत्रमा कालोपत्रे सडकजस्तो सहज नहुने भएकाले भाडा केही मात्र महँगो हुनु अस्वाभाविक नभएको उनीहरूको तर्क छ ।

“गाडीमा चढ्न खोज्ने धेरै हुन्छन्, कसैलाई चढ्नुस कसैलाई नचढ्नुस भन्न भएन । गाउँमै जाने गाडी त्यही गाउँका मान्छे त चढ्ने नै भए । त्यही पनि हामीले क्षमताभन्दा बढी त राखेका छैनौँ”, यातायात व्यवसायी कुमार श्रेष्ठले भने, “पिचमा चल्ने गाडीको भन्दा ग्रामीण क्षेत्रमा चल्नेको भाडा केही महँगो त हुने नै भयो । त्यस्ता सडकमा बस चलाउँदा हामीले लिने जोखिम र सवारी साधनको क्षति पिचमा चल्नेको कहाँ हुन्छ र ?”

ट्राफिक प्रहरी कार्यालय पर्वतले भने सवारी साधनले मनपरी भाडा लिएको भनी कुनै पनि उजुरी नआएको बताएको छ । यद्यपि, चाडपर्वको समयलाई ध्यानमा राखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेर भाडा असुली र क्षमताभन्दा बढी यात्रु राखे नराखेको विषयमा अनुगमन गर्ने र त्यस्तो गरेको पाइएमा तुरुन्त कारवाही गर्ने ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले बताए । रासस