नेविसंघमा ३२ वर्षे उमेर हदबन्दी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेविसंघमा ३२ वर्षे उमेर हदबन्दी


२२ आश्विन २०७५, सोमबार


काठमाडौं । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघमा उमेर हदको प्रस्ताव बहुमतले पारित गरेको छ । कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति हुन उमेर हद ३२ वर्ष तोकेको छ ।

उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताले असहमति जनाएका छन्। संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको नेपाल विद्यार्थी संघको विधान २०२७को सातौं संशोधन २०७५ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले फरक मत राखेका छन्। छुट्टै विधान मस्यौदा प्रस्तुत भएको र अध्ययन गर्ने समयसम्म नदिई विधान जस्तो महत्वपूर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी पास गरिएको उनीहरुको भनाइ छ।

विवादित बन्दै आएको उमेर हदको प्रस्ताव आइतबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले पारित गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस