२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति प्रक्रिया अध्ययन गर्न बर्मेली मन्त्रीको टोली नेपालमा

अ+ अ-

काठमाडौं । नेपालको शान्ति प्रक्रियाका बारेमा जानकारी लिन दक्षिण–पूर्वी एसियाली बर्माको एक टोली काठमाडौँ आएको छ।

दुई बर्मेली मन्त्रीसहितको १९ सदस्यीय टोलीमा उच्च सैन्य पदाधिकारी, विद्रोही नेता, नागरिक समाजका प्रतिनिधि तथा अन्य अधिकारीहरु सहभागी रहेका छन्।

टोलीले नेपालको शान्ति प्रक्रिया कसरी सम्पन्न भयो भनेर शान्ति प्रक्रियामा संलग्न पक्षहरुसँग भेटगर्दै त्यसका बारेमा जिज्ञासा राखेका छन् ।

टोलीले उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, सेना समायोजना विशेष समितिका रहेका नेताहरु, सेना समायोजना प्रविधिक उप समितिमा पदाधिकारीहरुसँग भेट गरेको छ।

सत्तरी वर्षदेखि आन्तरिक द्वन्द्व झेलिरहेको रहेको बर्मामा विभिन्न १६ विद्रोही समूहले आफ्नै लडाकू समूह रहेका छन्। जसमध्ये दश वटा समूह र सरकारबीच युद्धविराम सम्झौता भइसकेको छ । हाल बर्मामा २१ वटा सशस्त्र समूह सक्रिय छन्। तीमध्ये १० वटा समूह वार्तामा आएका छन्।

पाँच दिनअघि नेपाल आएको सो टोलीले शुक्रबार अपरान्ह परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्दै नेपाल भ्रमणमा सम्पन्न गर्दैै शनिबार बिहान बर्मेली टोली स्वदेश फर्किने कार्यक्रम रहेको छ।

भेटका क्रममा मन्त्री ज्ञवालीले १२ बुँदे सहमतिबाट शुरु भएको शान्ति प्रक्रिया शान्ति सम्झौता हुँदै संविधान जारी हुँदासम्मको अवस्था बारेमा जानकारी गराएका थिए।

द्वन्द्वग्रस्त दक्षिण एसियाली मुलुक अफ्गानिस्तानको टोली नेपाल आएर यहाँको शान्ति प्रक्रियाको अध्ययन गरेको केही समयपछि नै बर्मेली टोली काठमाडौँ आएको हो ।