सामूहिक बलात्कार गर्ने पाँच जनालाई दश बर्ष जेल, दुई लाख क्षतिपूर्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामूहिक बलात्कार गर्ने पाँच जनालाई दश बर्ष जेल, दुई लाख क्षतिपूर्ति


१७ आश्विन २०७५, बुधबार


गाईघाट । १४ वर्षीय बालिकालाई सामुहिक बलात्कार गर्ने पाँच जनालाई दश वर्ष जेल सजायको फैसला गरिएको छ ।

उदयपुरको कटारी नगरपालिका–४ की १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले सो फैसला गरेको हो ।

सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ ।

वि.सं. २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस