प्रशासनिक संयन्त्रको क्षमता विकास गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रशासनिक संयन्त्रको क्षमता विकास गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना


१६ आश्विन २०७५, मंगलबार


सांसदद्वारा सरकारको आलोचना

काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले प्रशासनिक संयन्त्र पारदर्शी बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद नवराज सिलवालले मूलुकलाई अघि बढाउन प्रशासनिक निकायलाई पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सेवाग्राहीलाई सेवा दिने गरी प्रशासनिक संयन्त्रको क्षमता विकास गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे।

त्यसैगरी सांसद विनोद चौधरीले कर्मचारीलाई तोकिएको क्षेत्रमा परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । प्रशासनिक खर्च कम गरेर विकासमा खर्च बढाउन पनि सरकारलाई सचेत गराउँदै चौधरीले सरकार गम्भिर बन्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस