विद्यार्थीमाथि कुटपिट गर्ने प्रधानाध्यापक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यार्थीमाथि कुटपिट गर्ने प्रधानाध्यापक पक्राउ


१४ आश्विन २०७५, आइतबार


चितवन । विद्यार्थी कुट्ने नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्कीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठले कुटपिट गरेको थिए ।

कुटपिट गर्दा विद्यार्थीको कान फुटेको थियो । पीडितले दिएको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठ पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको नवलपुर प्रहरीले बताएको छ ।

श्रेष्ठलाई कुटपिट एवं अंगभंग गर्ने महलमा मुद्दा चलाइएको छ । उनको ८ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ ।

असोज ५ गते पीडित खुमानका बुवा वीरबहादुर साकीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएका थिए । भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति भएको छ । उनको सुन्ने क्षमतामा समेत कमी आएको डा. भण्डारीको भनाइ छ ।

प्रधानाध्यापक श्रेष्ठले १५ मिनेट ढीला आएको भन्दै खुमानसहित १० जना विद्यार्थीलाई कुटेका थिए ।

ढिला आएको भन्दै प्रधानाध्यापकले गरे विद्यार्थीमाथि कुटपिट

प्रतिक्रिया दिनुहोस