ढिला आएको भन्दै प्रधानाध्यापकले गरे विद्यार्थीमाथि कुटपिट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ढिला आएको भन्दै प्रधानाध्यापकले गरे विद्यार्थीमाथि कुटपिट


३ आश्विन २०७५, बुधबार


चितवन । निर्धारित समय भन्दा ढिलो स्कुल आएको भन्दै प्रधानाध्यापकले विद्यार्थीमाथि कुटपिट गरेका छन् ।

नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले विद्यार्थीमाथि कुटपिट गर्दा विद्यार्थी खुमान सार्कीको कान फुटेको छ ।

प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेको जनाइएको छ ।

घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुरमा  उपचार भैरहेको छ ।

प्रधानाध्यापक श्रेष्ठले पनि विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्वीकार गरेका छन् । प्रध्यानाध्यापक श्रेष्ठले खुमानको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने बताए ।

घाइते विद्यार्थी खुमानको कानमा पहिले नै समस्या भएकोले रगत आएको प्रधानाध्यापक श्रेष्ठको दावी छ ।

प्रतिक्रिया दिनुहोस