मलेसिया र नेपालबीच श्रम सम्झौताः खर्च मलेसियाली रोजगारदाताले नै व्यहोर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलेसिया र नेपालबीच श्रम सम्झौताः खर्च मलेसियाली रोजगारदाताले नै व्यहोर्ने


१२ आश्विन २०७५, शुक्रबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

मलेसिया । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।

श्रम सम्झौताको अन्तिम मस्यौदा टुंगो लगाउन नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच शुक्रबार सम्पन्न बैठकमा नेपालले ‘शून्य लागत’ मा कामदार पठाउन गरेको प्रस्तावमा मलेसिया सहमत भएसँगै सहमति जुटेको हो ।

यससँगै नेपाली कामदार मलेसिया जाँदा लाग्ने हवाईटिकट, भिसा शुल्क तथा स्वास्थ्य परिक्षण लगायतका खर्च मलेसियाली रोजगारदाताले नै व्यहोर्ने भएको छ । छिटै श्रम सम्झौताको मिति तय गरिने र हस्ताक्षर हुने सहभागी एक सदस्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस