पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने एक कर्मचारी २१ दिनपछि आफै पुगे प्रहरी कार्यालय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने एक कर्मचारी २१ दिनपछि आफै पुगे प्रहरी कार्यालय


१२ आश्विन २०७५, शुक्रबार


बलात्कार

काठमाडौं । पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने एक कर्मचारी आफै प्रहरी कार्यालय गएका छन् । पाहुनाको रुपमा गएका ५२ वर्षीय सरकारी कर्मचारीले दोलखा तामाकोसी गाउँपालिका -५ की ५ वर्षीया बालिकामाथि भदौ २१ गते बलात्कार गरेका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलखामा करारमा कार्यरत कर्मचारी कमल बजगाईले बेलुकाको खानाखाने समयमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

खाना पस्कदै गरेकी आमाले बालिका चिच्याएको सुनेपछि दौडिदै कोठामा पुग्दा बालिकाको योनीबाट रगत बगिरहेको थियो । बजगाईले माफि माग्दै उपचार खर्च र क्षतिपूर्ति दिने कुरा गरेर फकाउन खोज्दा परिवारले नमाने पछि बजगाई पस्केकै खाना छोडेर फरार भएको बताइएको छ ।

फरार रहेका बजगाईको खोजी कार्य जारी रहँदा उनले आफै काठमाडौंको कोटेश्वर प्रहरीमा विहिबार आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण पछि उनलाई बिहिबारै दोलखा लगिएको प्रहरी स्रोतले जनाएको छ । उनले बलात्कार गरेको पनि स्वीकारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस