२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा भाडा दर कायम, अस्थायी रुटमा प्रतिकिलोमिटर साढे छ रुपैयाँदेखि ९ रुपैयाँसम्म

अ+ अ-

काठमाडौँ । जिल्ला सदरमुकाम जाजगरकोटमा यात्रुवाहक सवारी साधनको भाडा दर कायम गरिएको छ ।

सरोकारवाला निकायबिच बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले सदरमुकाम खलङ्गादेखि आवत जावत गर्ने सवारी साधनमा नयाँ भाडा दर निर्धारण गरेको हो ।

जिल्लामा सञ्चालनमा रहेका कतिपय सडक रुटहरूमा भाडा दर निर्धारण हुन नसकेको र निर्धारण भएका रुटहरूमा पनि तोकिए बमोजिम भन्दा बढी मनोमानी ढङ्गले अत्यधिक भाडा लिइरहेको गुनासो पछि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष ललित कुमार बस्नेतको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकबाट भाडा दर कायम गरिएको छ ।

यातायात व्यवस्था विभागको असोज ७ गतेको सूचना एवं विगतमा जिल्लामा निर्धारण गरिएको भाडा दरलाई मध्यनजर गरी जिल्लाका विभिन्न रुटहरूमा भाडा दर कायम गरेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । उनले भने अस्थायी रुट परमिट प्राप्त गरेका सडकहरूमा अवस्था हेरी प्रति किलोमिटर साढे छ देखि ९ रुपैयाँसम्म भाडा दर निर्धारण गर्ने निर्णय गरिएको छ ।

नयाँ कायम गरिएको भाडा दर अनुसार सदरमुकाम खलङ्गादेखि काठमाडौँसम्म एक हजार पाँच सय ४०, खलङ्गा–नेपालगन्ज ठुला गाडी ५ सय ५० तथा साना गाडी ६ सय, नेपालगन्जसम्म ठुला गाडी ५ सय ५० र साना गाडी ६ सय, सुर्खेतसम्म ४ सय ५०, रिम्नासम्म १ सय २५, पिपेसम्म ६०, चिसापानीसम्म २ सय ५०, छेडा सम्म १ सय ५०, पाँचकाटियासम्म ३ सय, छेडा गाड—थलह २ सय ५०, नल गाड—तल्लु ३ सय, छेडा गाड— सुवानाउली ३ सय ५० भाडा निर्धारण गरिएको प्रजिअ बस्नेतले बताए ।

यसका साथै सम्बन्धित यातायात व्यवसायीले आफ्नो रुट अनुसारको भाडा दर सबै यात्रीहरूले देख्ने गरी सवारी साधन र टिकट काउन्टरमा समेत टाँस्ने, हरेक यात्रीहरूको अन्तिम गन्तव्य समेत उल्लेख गरी टिकट काट्ने व्यवस्था गर्ने र क्षमता भन्दा बढी यात्रु नराख्ने निर्णयसमेत भएको छ ।

त्यसै गरी तोकिएको भाडा दर लागू भए नभएको ट्राफिक प्रहरी, सम्बद्ध व्यवसायीले अनुगमन गर्ने र सो अनुसार नभए तत्काल कडा कारबाही गर्ने निर्णय भएको छ । तोकिए भन्दा बढी भाडा लिइएको अवस्थामा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासनमा खबर गरी सबैले सहयोग गर्न समेत बैठकले अनुरोध गरेको छ ।

रुट परमीट नलिएका एवं निजी सवारी साधनलाई यात्रु बोक्न नदिने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गरिएको छ । पाँच काटिया देखि नारेसम्मको सडकको सार्वजनिक यातायातको अस्थायी रुट सञ्चालनका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

भाडा दर निर्धारणसँगै बैठकले वडादशैं, तिहार जस्ता ठुला चाडपर्वहरू नजिकिँदै गर्दा यात्रुहरूको सुविधालाई समेत ध्यानमा राखी वर्षातको समयमा बिग्रे भत्केका छिन्चु–जाजरकोट–खलङ्गा सडक खण्डमा मर्मत सुधार गर्न डिभिजन सडक कार्यालय, चौरजहारीलाई र अन्य स्थानका सडकको मर्मत सुधार गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, छेडा गाड नगरपालिकाका नगर प्रमुख, शिवालय गाउँ पालिका अध्यक्ष, भेरी नगरपालिका उपप्रमुख, जिल्लाका प्रमुख राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सबै सुरक्षा निकायका प्रमुख, सरोकारवाला बस व्यवसायीहरू, पत्रकारहरू लगायतको उपस्थितिमा बसेको बैठकले नयाँ भाडा दर निर्धारण कायम गर्दै त्यप्रभावकारी रूपमा कार्यान्वयन गर्ने देर्खि देखि सडक मर्मत सुधार गर्नेसम्मका निर्णय गरेको छ ।