फेसबुकमा समाचार शेयर गर्ने कर्मचारीको जागिर चट् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फेसबुकमा समाचार शेयर गर्ने कर्मचारीको जागिर चट्


७ आश्विन २०७५, आइतबार


जनकपुर । विभिन्न अनलाइनमा प्रकाशित समाचार शेयर गर्ने एक कर्मचारीको जागिर गएको छ । गत असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गर्ने गुञ्जा रायको जागिर गएको हो ।

उनी धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत कर्मचारी हुन् । रायलाई असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेको आरोपमा जागिरबाट हटाइएको बताइएको छ ।

जागिरबाट हटाइएकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाइएको भन्दै आपत्ति जनाएकी छन् । आफुले समाचार शेयर गरेको स्वीकार्दै एकपटक स्पष्टिकरण समेत नसोधी जागिरबाट निकालिएको भन्दै उनले दुःख व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस