खुर्सिद हत्या छानबिन समिति गठन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खुर्सिद हत्या छानबिन समिति गठन


५ आश्विन २०७५, शुक्रबार


काठमाडौं । गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याको छानबिन गर्न समिति गठन गरेको छ ।

स्थानीयले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै विरोध प्रर्दशन गरेसँगै गृह मन्त्रालयले शुक्रबार छानबिन समिति गठन गरेको हो।

प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाईँ, प्रदेश १ का आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पनि छुट्टै अनुसन्धान गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।

समितिले १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

खुर्सिदको बिहीबार हरिनगरा गाउँपालिका भुताहा बजारमा गोली हानी हत्या भएको थियो । उनले सुनसरीको भुटाहास्थित रैयान नेशनल स्कुल सञ्चालन गर्दै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस