वडा सचिवमाथि हातपात गर्ने लेखा अधिकृतद्वारा क्षमा याचना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वडा सचिवमाथि हातपात गर्ने लेखा अधिकृतद्वारा क्षमा याचना


५ आश्विन २०७५, शुक्रबार


काठमाडौं । मोरङस्थित बेलबारी नगरपालिकाका वडा सचिव उमेश खनाललाई हातपात गर्ने सहरी विकास तथा भवन निर्माण कार्यालयका लेखा अधिकृतले सार्वजनिक रूपमा क्षमायाचना मागेका छन् ।

बिहीबार इलाका प्रहरी कार्यालयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा उनले क्षमायाचना मागेका हुन् । क्षमायाचना मागेपछि उनलाई प्रहरीले छाडेको हो ।

वडा नम्बर ७ (साविक बाहुनी गाविस–१)मा बसोबास गरिरहेका कार्कीले गत मंगलबार वडा कार्यालयमै वडा सचिव खनालमाथि हातपात गरेका थिए ।

छोराको जन्मदर्ताको प्रतिलिपि लिन वडा कार्यालय पुगेका कार्की त्यहाँ रेकर्ड नभेटिएपछि आक्रोसित बनेका थिए । रेकर्ड मिलाउन आग्रह गर्दा वडा सचिवले नमानेपछि हातपात गरी भागेका थिए । लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस