२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानलाई नागरिकको जीवनशैली र पद्दतिका रुपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनता र राष्ट्रका परिवर्तित आकाङ्क्षालाई पूरा गर्न सकिने बलियो संविधानवादको आधारसमेत तयार भएको बताएका छन् ।

चौथो संविधान दिवस २०७५ का अवसरमा आज प्रदेश सरकारको आयोजनामा बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनशैली र पद्दतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको समेत बताए ।

मुख्यमन्त्री पोखरेलले मौलिक अधिकार र नागरिक अधिकारका दृष्टिले विश्वस्तरमै समृद्ध नेपालको संविधान बन्न पुगेको भन्नुहुँदै लैङ्गिक समावेशीताका दृष्टिले पनि हाम्रो संविधान समृद्ध बन्न पुगेको बताए । उनले भने, ‘हामी हाम्रो प्रदेशको विकास र समृद्धिको बाटोबाट सङ्घीय सरकारको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न कृत्सङ्कल्पित छौँ ।’

यसअघि बुटवलस्थित मुख्यमन्त्री कार्यालय परिसरबाट बिहान संविधान दिवसका अवसरमा विभिन्न जातीय, वेषभूषा र संस्कृति झल्काउने झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

कार्यक्रममा प्रभातफेरीमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने विभिन्न समूहलाई प्रदेश प्रमुख झा र मुख्यमन्त्री पोखरेल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । बुटवल वडा नं ५ को सत्य साइ केन्द्रको झाँकी प्रथम, बुटवल–२ स्थित नेवा पुंचः द्धितीय, बुटवल १७ स्थित थारु समुदायको झुमरा नाच तृतीय र शान्ति टोल विकास समिति बुटवल–८ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । रासस