मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६ पुग्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६ पुग्यो


३ आश्विन २०७५, बुधबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।

मलेसियाको सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको र अस्पतालमा गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए।

काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको राजदूत खरेलले जानकारी दिए । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ ।

विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै मलेसियास्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस