साढे ३३ किलो सुन प्रकरण : उच्च अदालतबाट एसपी खनाल पनि तारेखमा रिहा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साढे ३३ किलो सुन प्रकरण : उच्च अदालतबाट एसपी खनाल पनि तारेखमा रिहा


२ आश्विन २०७५, मंगलबार


काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा थुनामा रहेका एसपी विकासराज खनाल पनि सामान्य तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले आज उनलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्धय नागेन्द्र लाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

यसअघि गत शुक्रबार मात्र एसएसपी दिवेश लोहनीलाई र आइतबार डिएसपी प्रजित केसीलाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।

यो पनि,

सुन तस्करी प्रकरण: निलम्बित एसएसपी लोहनीलाई थुनामुक्त्त गर्न उच्च अदालतको आदेश

साढे ३३ किलो सुन प्रकरण : डीएसपी प्रजित केसी पनि साधारण तारेखमा रिहा

Tags :
प्रतिक्रिया दिनुहोस