साढे ३३ किलो सुन प्रकरण : डीएसपी प्रजित केसी पनि साधारण तारेखमा रिहा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

साढे ३३ किलो सुन प्रकरण : डीएसपी प्रजित केसी पनि साधारण तारेखमा रिहा


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी सामान्य तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत मोरङ्गले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा उक्त आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत विराटनगरले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । आइतबार न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले उक्त आदेश गरेको हो ।

अदालतले सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई पनि रिहा गर्न शुक्रबार आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस