सुन तस्करी प्रकरण: निलम्बित एसएसपी लोहनीलाई थुनामुक्त्त गर्न उच्च अदालतको आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन तस्करी प्रकरण: निलम्बित एसएसपी लोहनीलाई थुनामुक्त्त गर्न उच्च अदालतको आदेश


२९ भाद्र २०७५, शुक्रबार


उच्च अदालत

विराटनगर । उच्च अदालत, विराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त्त इजलासले जिल्ला अदालत मोरङको ८ जेठको आदेशलाई उल्टाउँदै अभियुक्त्त लोहनीलाई तारेखमा रहेर पुर्पक्ष गर्न दिन अन्तिम आदेश गरेको हो ।

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या आरोपमा निलम्बित डिएसपी सञ्जयबहादुर राउत सहित १० जनालाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिसकेको छ । थुनामा रहेर आदेश उल्टाउन निवेदन गर्ने २३ जना अभियुक्त्तहरुको हकमा अझै सुनवाई हुन बाँकी छ ।

तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख लोहनी १९ वैशाखमा पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पुर्जी थमाइएको थियो ।

प्रतिक्रिया दिनुहोस