२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी

अ+ अ-

अछाम । कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिइन् । उनको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उनले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माइन् ।

गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उनीजस्तै बयालाका अधिकांश महिलालाई बच्चा जन्माउन कि त तीन÷चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्यचौकी जानुपर्छ नभए पाँचदेखि सात हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता छ ।

यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन्, तर नजिकै प्रसूतिगृह नहुँदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ । बिष्टले भनिन्, “नजिकै स्वास्थ्य संस्थामा प्रसूति सेवा भए त कति सजिलो हुन्थ्यो, सुत्केरी हुन टाढा जानुपर्दा हामीलाई निकै दुःख छ ।” यो समस्या समाधानका लागि कसैले पहल नगरेको उनको गुनासो छ ।

सुत्केरी व्यथा लागेर अप्ठ्यारो अवस्था आएको खण्डमा मात्रै बयालाका महिला छिमेकी गाउँका स्वास्थ्य संस्था, सदरमुकाम मङ्गलसेन र छिमेकी जिल्ला दैलेखको राकम बजार पुग्ने गरेको स्थानीय महिला स्वास्थ्यस्वयंसेवीका दुर्गा बिकले बताइन् ।
उनले भनिन्, “धेरैजसो महिलाले घरमै सुत्केरी हुने गरेका छन्, अधिकांशका श्रीमान घरमा हुँदैनन् । कतिलाई त स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुपरेको छ ।” गाउँमा दुई वर्ष अघिदेखि बर्थिङ सेन्टर निर्माण शुरु भए पनि काम सम्पन्न नभएकाले महिलाले दुःख पाउनुपरेको उनको भनाइ छ ।

बयाला स्वास्थ्यचौकी इन्चार्ज प्रेम बिष्टले अब लामो समयदेखि आफूले कठिन समस्याका बाबजुद पनि सेवा दिइरहेको बताए । अब बन्न लागेको भवनले केही राहत हुने उनले आशा व्यक्त गरे । गाउँमा प्रभावकारी स्वास्थ्य सेवा नहुँदा र बर्थिङ सेन्टर नहुँदा स्थानीय सरोकारवालालाई पनि अप्ठ्यारो महसुस भएको छ । तर निर्माणाधीन रहेको स्वास्थ्यचौकी भवन दुई वर्ष भइसक्दा समेत निर्माण सकिएको छैन । अब जसरी पनि वडावासीलाई दशैँअगावै नयाँ भवनबाट स्वास्थ्य सेवा दिने गरी काम अगाडि बढाएको वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष हर्क भण्डारीले बताए ।

साविक ७५ गाविस रहेको अछाममा अहिले १० स्थानीय तह र ९१ वडा रहेका छन् । तर सुरक्षित प्रसूतिका लागि जिल्लाभर ६५ प्रसूतिकेन्द्र मात्रै सञ्चालनमा रहेको जिल्ला स्वास्थ्यको तथ्याङ्क छ । भूगोल, जनसङ्ख्या र बिकटताका कारण अझै कतिपय ठाउँमा प्रसूतिगृह नहुँदा सुत्केरी हुने महिला जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुङ्गानाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस