प्रमुख प्रतिपक्षी दलले माग्यो गृहमन्त्रीको राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रतिपक्षी दलले माग्यो गृहमन्त्रीको राजीनामा


१ आश्विन २०७५, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ । कञ्चपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसले राजीनामा माग गरेको हो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद उमा रेग्मीले हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् । बलात्कारका घटना बढिरहेको अवस्थामा निर्मला पन्तको हत्याका दोसी पत्ता लगाउन सरकार असक्षम भएको सांसद रेग्मीले बताएकी छन् । उनले भनिन्,‘यस्तो अवस्थामा गृहमन्त्रीले कि त राजीनामा दिनु पर्छ कि त अपराधी पत्ता लगाउनु पर्छ’ । उनले निर्मलाका आमाबाबुको हालत पनि गंगामाया को जस्तो हुने भनि चिन्ता व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस