परिषद्को भवनमा उपराष्ट्रपति कार्यालय राख्ने सरकारी निर्णयको बिरोधमा कर्मचारी आन्दोलित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

परिषद्को भवनमा उपराष्ट्रपति कार्यालय राख्ने सरकारी निर्णयको बिरोधमा कर्मचारी आन्दोलित


३१ भाद्र २०७५, आइतबार


समाज कल्याण परिषद्

काठमाडौं । समाज कल्याण परिषद्को भवन अन्यत्र सार्ने र सो ठाउँमा उपराष्ट्रपतिको निवास तथा कार्यालय राख्ने नेपाल सरकारको निर्णयप्रति परिषदका कर्मचारी आन्दोलित भएका छन् ।

परिषदमा कार्यरत कर्मचारीको भेलाले आइतबार विशेष निर्णय गर्दै ‘समाज कल्याण परिषद कार्यालय बचाउ संघर्ष समिति’ गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २१ गतेको निर्णय अनुशार समाज कल्याणको लैनचौरस्थित कार्यालय भवन सम्माननीय उपराष्ट्रपतिज्यूको निवास तथा कार्यालयका लागि दिन निर्णय भएको हुँदा समाज कल्याण परिषदको उपयुक्त्त भवन पनि नभएको र परिषदको जग्गा र भवन विभिन्न समाजसेवी तथा चन्दा दाताको सहयोगमा निर्मित भएको हुँदा सम्बन्धित निकायलाई जानकारी गराउन समाज कल्याण परिषद बचाउ संघर्ष समिति गठन गरिएको संघर्ष समितिका अध्यक्ष राम पुकार शाहले जानकारी दिए ।

सरकारले गरेको निर्णयमा कुनै विकल्प समेत नदिई एकैचोटी यस्तो निर्णय गरेकोले पनि संघर्ष गर्न बाध्य भएको कर्मचारीले बताएका छन् ।

पहिलो दिन हातमा कालो पट्टि बाँधेर बिरोध गरेको समितिले बिभिन्न चरणका आन्दोलनका लागि विभिन्न उपसमितिहरु समेत बनाइएको छ । संयोजकारी भूमिका निर्वाह गर्न समाज कल्याण परिषदका चार जना डेपुटी डाइरेक्टरहरुको संयोजकत्वमा चारवटा उपसमितिहरु समेत गठन गरिएको छ । जसअनुशार संजय कुमार मल्लिकको सयोजनमा आर्थिक तथा खुल्ला बजार समन्वय समिति , दुगाप्रसाद भट्टराईको संयोजनमा मिडिया तथा संघसंस्था समन्वय समिति, रामराज भट्टराईको संयोजनमा कानून तथा प्रशासन समन्वय समिति र दीपेन्द्र पन्तको संयोजनमा बाह्य समन्वय समिति गठन गरिएको समितिका संयोजक शाहले बताए ।

Social welfare council

Tags :
प्रतिक्रिया दिनुहोस