ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ


३१ भाद्र २०७५, आइतबार


पक्राउ

काठमाडौं । ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चुच्चेपाटीबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत बौद्धका अनुसार शनिबार राति ८ बजेको समयमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राई पक्राउ परेका हुन् ।

निजहरुबाट ३० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर), नक्कली पेस्तोल एक थान र २० हजार १०० बरामद भएकोजनाइएको छ । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस