बझाङमा एक बालकको विभत्स हत्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बझाङमा एक बालकको विभत्स हत्या


२९ भाद्र २०७५, शुक्रबार


बझाङ । बझाङमा एक बालकको हत्या भएको छ । बालकको हत्या विभत्स तरिकाले गरिएको छ । हत्या पछि शव मकैबारीमा फेला परेको छ । बझाङ छबिस पाथिभेरा गाउँपालिका- ७ मजखोरीका महेश बोहराका छोरा ९ वर्षीय कुशल बोहराको हत्या भएको हो ।

हत्या गरिएका कुशलको शव विद्यालय नजिकैको मकैबारीमा फेला परेको जनाइएको छ । बुधबार स्कुलबाट तीज हेर्न गएका बालक मकैबारीमा मृत भेटीएको बालकका आफन्तले जनाएका छन् । शरीर ढुंगाले छोपिएकोअवस्थामा भटिएको र टाउकोमा चोट लागेको आफन्तले बताएका छन् । हत्या गरिएका कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत थिए।

Tags :
प्रतिक्रिया दिनुहोस