पहिरोमा पुरिएर एकै परिवारका दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिरोमा पुरिएर एकै परिवारका दुईको मृत्यु


२८ भाद्र २०७५, बिहिबार


लमजुङ । मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापाको स्थानीयले उद्धार गरेका थिए ।

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन ।

पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए ।

स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस