लोकसेवा प्रश्नोत्तर-विषयगत प्रश्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोकसेवा प्रश्नोत्तर-विषयगत प्रश्न


२७ भाद्र २०७५, बुधबार


बजेट

प्रश्न. बजेट भन्नाले के बुझ्नु हुन्छ ? बजेट तर्जुमा गर्न के कस्ता विषयहरूको विश्लेषण गर्नुपर्दछ ? उल्लेख गर्नुहोस् । (२+८) 

उत्तर

बजेटको परिभाषा
बजेट कुनै पनि मुलुकको एक आर्थिक वर्षको अनुमानित आय र प्रस्तावित खर्चको विवरण हो । सरकारले कसरी आम्दानी गर्ने र कसरी खर्च गर्ने भन्ने कुराको जानकारी बजेटमा समेटिएको हुन्छ । यसले सार्वजनिक कोषको अवस्थालाई चित्रित गर्दछ । आगामी वर्षको लागि आफ्ना कार्यक्रमहरू प्रस्ताव गर्दै तीनका लागि आवश्यक साधन श्रोतको पहिचान र प्राप्तिका उपायहरू समेत निर्धारण गर्दछ ।

बजेट कुनै पनि मुलुकको एक आर्थिक वर्षको अनुमानित आय र प्रस्तावित खर्चको विवरण हो । सरकारले कसरी आम्दानी गर्ने र कसरी खर्च गर्ने भन्ने कुराको जानकारी बजेटमा समेटिएको हुन्छ । यसले सार्वजनिक कोषको अवस्थालाई चित्रित गर्दछ । आगामी वर्षको लागि आफ्ना कार्यक्रमहरू प्रस्ताव गर्दै तीनका लागि आवश्यक साधन श्रोतको पहिचान र प्राप्तिका उपायहरू समेत निर्धारण गर्दछ ।

 बजेट गत वर्षको यथार्थ स्थितिको समीक्षा चालु वर्षको संशोधन अनुमान र आगामी वर्षको आय र व्ययको प्रक्षेपण अनुमानको दस्ताबेज हो ।
 बजेटमा सरकारको राजनीतिक, आर्थिक वा वित्तीय र सामाजिक अवधारणा समेत प्रस्ट गरिएको हुन्छ ।यसमा सरकारको राजनीतिक आर्थिक एजेन्डा र सामाजिक प्राथमिकताहरू झल्किएको हुन्छन् ।

बजेट तर्जुमा गर्दा विश्लेषण गरिनुपर्ने विषयहरू
अर्थ मन्त्रालयबाट: Macro economic framework निर्धारण देखि सांसदबाट बजेट स्वीकृति हुँदा सम्मको सम्पूर्ण चरणहरूको समग्रता बजेट तर्जुमा प्रक्रिया हो ।
देशमा प्राप्त सीमित श्रोत र साधनको महत्त्व उपयोग गरी विकासको निरन्तरता कायम गर्न र अर्थतन्त्रमा स्थायित्व कायम गर्नका लागि बजेट तर्जुमा गर्दा देहाय बमोजिमका विषयहरू विश्लेषण आवश्यक हुन्छ ।

 संविधानमा व्यवस्था भएको मौलिक हक, राज्यको नीति निर्देशक सिद्धान्त, मार्गदर्शन र राज्यको दायित्व जस्ता विषय ।
 गतवर्षको समीक्षा र सु(स्पष्ट भावी कार्य योजना ।
 सरकारको नीति र अवधारणा एवम् दृष्टिकोण ।
 आवधिक योजनाले लिएका दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति अनुरूप देशको मूलभूत विकास आवश्यकता र तीनको प्राथमिकिकरण ।
 देशले गरेका राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि सम्झौता ।
 देशको आर्थिक अवस्था, विद्यमान श्रोत साधनको उपलब्धता ।
 देशको लगानी, उत्पादन, व्यापार, रोजगारी, उपभोग लगायत समग्र आर्थिक पक्ष
 राजश्व परिचालनका क्षेत्रहरू
 प्राथमिकतापूर्ण क्षेत्र, जनताको आवश्यकता ।
 बजेट चक्र ।

निष्कर्ष
बजेट देशको समग्र वित्तीय ऐना हो । बजेट निर्माणका क्रममा सरकारले के(कस्ता कार्यक्रममा खर्च गर्ने, खर्चको श्रोत के हो, सीमा के हो, र राजश्व कहाँ(कहाँबाट के(कसरी प्राप्त हुन्छ यकिन गर्नु पर्दछ । मौजुदा संविधान, कानुन, नीतिगत व्यवस्था र दीर्घकालीन योजनाका आधारमा जनतामा सकारात्मकताको भावना उजागर गर्ने गरी वित्तीय स्थायित्व सहितको समग्र आर्थिक(सामाजिक परिसुचकमा वृद्धि र विकास गर्ने बजेट निर्माण हुनु जरुरी छ ।


प्रस्तुती
भुवन ज्ञवाली
केदारप्रसाद खतिवडा


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस