कपडा व्यापारी पौडेलको अपहरणपछि हत्या « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

कपडा व्यापारी पौडेलको अपहरणपछि हत्या


२६ भाद्र २०७५, मंगलबार


दमक । झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला परेका छन् ।

गौरीगञ्ज वडा नं. ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उनको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।

घटनास्थलमा मे ७ प १९०४ नं. को मोटरसाइकल, मोबाइल, ब्याग समेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उनकी श्रीमतीसँगै गौरीगञ्ज बजार आएका थिए । साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिँडेका पौडेल राति ९ बजे मात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रहरीले राति अबेरसम्म पौडेलको खोजी गरेपनि फेला पार्न सकेको थिएन । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको जनाइएको छ । उक्त घटनामा प्रहरीले एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस