मन्त्रिमण्डल अहिले परिवर्तन हुँदैन : ओली « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मन्त्रिमण्डल अहिले परिवर्तन हुँदैन : ओली


२३ भाद्र २०७५, शनिबार


मन्त्रिमण्डल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीहरुले राम्रो काम गरिरहेको बताएका छन् । जिल्ला समन्वय समिती महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

‘सरकार सबै मन्त्रीहरुले राम्रो काम गरिरहेका छन् । मन्त्रिमण्डल आजै परिवर्तन हुदैछ,भोली नै परिवर्तन हुदैछ भन्ने हल्लाहरु हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रिमण्डल अहिले परिवर्तन हुदैन ।’
प्रधानमन्त्री ओलीले नेपालले अब चीनसँग आवश्यक हुने नाका प्रयोग गर्न सक्ने बताएका छन् ।

‘नेपाल चीन प्रोटोकल सहमतिमा टुंगिएको छ’ ओलीले भने, ‘अब नेपालले चाहिने जति नाका,चाहिने जति सडक प्रयोग गर्न पाउने भयो । यो असाधारण खुशीको कुरा हो ।’

प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारको लडाईं सकिएकोले अब विकास र समृद्धिको यात्रामा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले सरकार नयाँ संकल्पका साथ अघि बढेको पनि स्पष्ट पारेका छन् । ‘मुलुकलाई विखण्डन तर्फ लैजाने प्रयास भएका छन् । मुलुकमा वितण्डा मच्चाउन खोजिएको छ’, ओलीले भने, ‘हामीले विविधताका बीचमा उत्तिकै समानता खोज्नु पर्दछ । गलत तत्वहरुको चलखेललाई रोक्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले जिल्ला समन्वय समितीलाई प्रभावकारी ढंगले सञ्चालन गरिने बताएका छन् । ‘मुलभुत रुपमा यसको काम जिल्ला भित्रका स्थानीय तहको समन्वय गर्ने हो’, ओलीले भने, ‘यो काम प्रभावकारी ढंगले गर्नुहोस । जिससको अधिकार तपाईंहरुको भूमिका,कार्यक्षमता,सक्रियताले स्थापित गर्ने हो ।’ संघीय सरकारले जिससलाई गर्ने सहयोगकामा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस