यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान


२१ भाद्र २०७५, बिहिबार


इलाम । इलाममा बुधबारदेखि एक महिने यौन हिंसा विरुद्धको अभियान शुरु भएको छ ।

सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा यो अभियान शुरु भएको हो । मानव बेचविखन विरुद्धकोल १२ औँ राष्ट्रिय दिवसका अवसरमा अभियान शुरु गरिएको जनाइएको छ ।

देशभर बढ्दै गइरहेका यौनजन्य हिंसा तथा जबरजस्ती करणीका घटना अन्त्यका लागि सो अभियानमा जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय महिला, नेपाल पत्रकार महासङ्घ, महिला सञ्जाल, आमा समूह, चेतना न्याय समूह, भरोसा नेपाल, प्याग नेपाल, जिल्ला युवा समितिको कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

अभियानका क्रममा उक महिना सम्म् विभिन्न जनचेतनामुलक कार्यक्रम समेत गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस