बालिका बलात्कारीलाई बाह्र वर्ष जेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालिका बलात्कारीलाई बाह्र वर्ष जेल


२० भाद्र २०७५, बुधबार


उदयपुर । जिल्ला अदालत उदयपुरले पाँच वर्षीया बालिका बलात्कारको आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

त्रियुगा नगरपालिका – ३ मोतीगाडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको छ । मंगलबार जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले सो फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए पछि कार्की पक्राउ परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस