कञ्चनपुरमा फेरी १६ वर्षीय किशोरीमाथि बलात्कार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरमा फेरी १६ वर्षीय किशोरीमाथि बलात्कार


१५ भाद्र २०७५, शुक्रबार


जबर्जस्ती करणी

कञ्चनपुर । कञ्चनपुरमा फेरी १६ वर्षीय किशोरीमाथि बलात्कार भएको छ । १३ वर्षीय निर्मलाको बलात्कार पछि हत्याको अनुसन्धान भइनसक्दै फेरी अर्की कीशोरीमाथि बलात्कार भएको छ ।

कञ्चनपुरको बेल्डाँडी – १ की १६ वार्षीय किशोरीको घरमा बिहिबार पुजाको कार्यक्रममा सहभागी हुन आएका चार जनाले घर बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

परिवारले प्रहरीलाई खबर गरेपछि किशोरीको उद्दार गरेको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । किशोरीले दिएको जानकारी अनुसार बलात्कारी दुइ जनाको पहिचान भएको र दुइजनाको पहिचान हुन बाँकी रहेको छ ।  किशोरीको स्वास्थ्य परीक्षण गरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको  छ ।

बलात्कारी चारै जना फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस