ओखलढुंगामा पहिरो, एकै परिवारका चारको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ओखलढुंगामा पहिरो, एकै परिवारका चारको मृत्यु


१४ भाद्र २०७५, बिहिबार


ओखलढुङ्गा । ओखलढुंगामा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ । ओखलढुंगाको मोलुङ गाँउपालिका ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

भीषण पहिरोले घर पुरिँदा स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईसहित उनका ४० वर्षीया श्रीमती धन कुमारी राई, उनका ५५ वर्षीया दिदी मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।

बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस