बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौंमा, प्रधानमन्त्री ओलीसँग भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौंमा, प्रधानमन्त्री ओलीसँग भेटवार्ता


१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं आइपुगेकी छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन हसिना आज बिहान राजधानी आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

काठमाडौं पुगे लगत्तै बंगलादेशी प्रधानमन्त्री शेख हसिना र प्रधानमन्त्री केपी शर्मा ओली बीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रीत रहेर छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस