पहिलो विश्व संस्कृत दिवस सम्पन्न, भाषाको विकासमा जोड दिन आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिलो विश्व संस्कृत दिवस सम्पन्न, भाषाको विकासमा जोड दिन आग्रह


प्रशासन विशेष ब्युरो

१० भाद्र २०७५, आइतबार


संस्कृत

काठमाडौँ । जरो किलो प्रतिष्ठानका अध्यक्ष डा. निर्मल मणि अधिकारीले संस्कृत भाषाको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

विश्व संस्कृत दिवसका अवसरमा आयोजित बोल्दै डा. अधिकारीले संस्कृत भाषाको संरक्षण, संम्बद्र्धन तथा विकासमा जोड दिएका हुन् ।

प्राचीन संस्कृत भाषाको विश्वमै उपयोगिता र महत्त्व बढ्दै गएको भए पनि उद्गम स्थल नेपालमा बेवास्ता गरिएकोमा चिन्ता व्यक्त गर्दै डा. अधिकारीले संरक्षण कसले गर्ने भनेर मुखामुख गर्नुभन्दा स्वक्रियात्मकताका साथ पुनरुत्थानका लागि अघि बढ्नुपर्ने बताए ।

जरो किलो प्रतिष्ठान नेपाल, त्रि.वि.संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागको आयोजना तथा सहृदयता समाज नेपालको सहआयोजनामा विश्व भाषा क्याम्पसमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. काशीनाथ न्यौपाने, जम्मु विश्वविद्यालयका प्राध्यापक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा.नारायण प्रसाद गौतम तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला लगायतले प्राचीन भाषा संस्कृतको महत्त्वबारे प्रकाश पारेका थिए ।

नेपालमा पहिलो पटक मनाइएको विश्व संस्कृत दिवसलाई जरो किलो नेपालले हरेक वर्ष मनाउने जरो किलो प्रतिष्ठान नेपालका सदस्य धिरेन्द्रचन्द सोडारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस