किशोरी बलात्कारपछि हत्या प्रकरण : महेन्द्रनगरमा गोली चल्यो, छ घाईते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किशोरी बलात्कारपछि हत्या प्रकरण : महेन्द्रनगरमा गोली चल्यो, छ घाईते


७ भाद्र २०७५, बिहिबार


कञ्चनपुर । किशोरी हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा छ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा तिर्थ प्रसाद पनेरु, तेज राज भट्ट, मनोज बुढा, अर्जुन भण्डारी, सन्तोष कठरिया र किरन प्रसाद पाण्डे रहेका छन् ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

किशोरी निर्मला पन्तको हत्या र बलात्कारको निष्पक्ष अनुसन्धान नगरेको भन्दै स्थानीयहरुले मंगलबारदेखि चर्काएको आन्दोलनका क्रममा बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि भइरहेको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। अश्रु ग्यास सकिए पछि गोली चलाएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन गरीरहेका छन् ।

बुधबारसम्म महेन्द्रनगर बजारमा केन्द्रित रहेको आन्दोलन बिहीबारदेखि राजमार्ग केन्द्रित गरेका छन् ।

दुई दिनदेखि बन्द रहेको महेन्द्रनगर बजार तेस्रो दिन पनि बन्द रहेको छ । प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस