समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन : प्रधानमन्त्री ओली


६ भाद्र २०७५, बुधबार


शंखधर साख्वा

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुलुक समृद्धिको यात्रामा अघि बढीसकेको बताए । उनले समृद्धिको यात्रामा अघि बढीसकेकोले यो यात्रा नरोकिने समेत प्रष्ट पारे ।

प्रदेश नं. १ का विभिन्न कार्यक्रमको सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । यस्तै उनले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस