निर्मला हत्या प्रकरण : स्थानीयद्धारा आज पनि कञ्चनपुरमा प्रदर्शन, अश्रुग्यास प्रहार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मला हत्या प्रकरण : स्थानीयद्धारा आज पनि कञ्चनपुरमा प्रदर्शन, अश्रुग्यास प्रहार


६ भाद्र २०७५, बुधबार


कञ्चनपुर । बलत्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको वास्तविक अपराधी लुकाउन खोजेको भन्दै स्थानीयले कञ्चनपुरको महेन्द्रनगरमा आज पनि प्रदर्शन गरेका छन्।

बिहानैदेखि बजार व्यवसाय बन्द गरेर स्थानीयहरु आन्दोलनमा उत्रिएका छन्। स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा माग गरेका छन्।

भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेका छन् ।

मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई अभियुक्त बनाई सार्वजनिक गरेको भन्दै स्थानीय बासीहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए । बालिका निर्मलाको गत साउन १० गते बलात्कार पछि हत्या गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस