निर्मला हत्या प्रकरण : कञ्चनपुर बजार तनावग्रस्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्मला हत्या प्रकरण : कञ्चनपुर बजार तनावग्रस्त


५ भाद्र २०७५, मंगलबार


कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि कञ्चनपुरमा तनाव सिर्जना भएको छ ।

मुख्य अपराधीलाई उन्मुक्ति दिएर अभियुक्त दिलिप विष्टलाई सार्वजनिक गरेको स्थानीयको आरोप रहेको छ ।

प्रहरीले मुख्य अपराधीलाई पक्राउ नगरी मानसिक सन्तुलन गुमाएकालाई अभियुक्त भनि सार्वजनिक गरिएको भन्दै स्थानीयले आन्दोलन गरेका छन् । प्रदर्शनकारीले भीमदत्तनगर बजार समेत बन्द गराएका छन् ।

प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको स्थानीको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस