२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकमा छ दर्जन घर पहिरोको जोखिममा

अ+ अ-

चौतारा । अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् ।

भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिए । करीब ४० मिटर माथिबाट झरेको पहिरो र तलबाट समेत बगेपछि छिमेकी दुई जनाको घरसमेत उच्च जोखिममा परेको छ ।

मध्यरातमा पहिरो आएको थाहा पाएपछि भूपेन्द्र खड्का र सरोज खड्काको परिवार राति नै भागेर सुरक्षित ठाउँमा बसेका छन् । बाह्रबिसे नगरपालिका–४ ओख्रेनीमा करीब एक हजार मिटर माथिबाट झरेको पहिरोले भूकम्पपछि पुनःनिर्माण गरिएका ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ग्रामीण सडक भासिएको छ ।

सो ठाउँमा पुनःपहिरो झरेमा तलको बस्तीलाई समेत असर पुग्ने हुँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पहिरोले सो नगरपालिकाको वडा नं. ५ बसेरीमा पनि पाँच घर जोखिममा पारेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थलीमा पनि पुनःनिर्माण गरिएको १९ घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गएराति अविरल वर्षाले पहिरो गएपछि चौतारा साँगाचोक नगरपालिका–३ बतासेमा नौ घर र जुगल गाउँपालिका–६ हाप्रामा दुई घर क्षति तथा सात घर जोखिममा परेको बताइएको छ । रासस