बस दुर्घटना हुँदा ४० घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बस दुर्घटना हुँदा ४० घाइते


३० श्रावण २०७५, बुधबार


नुवाकोट । नुवाकोटको बुङताङबाट काठमाडौंको लागि छुटेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

बा २ ख २८०४ नं.को बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोट प्रहरीले जनाएको छ ।

बस आज बिहान १०ः३० बजेतिर भएको दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको र अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस