मुलुकी देवानी (संहिता)२०७५ : गर्भको वच्चाले पनि अंश पाउने व्यवस्था « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुलुकी देवानी (संहिता)२०७५ : गर्भको वच्चाले पनि अंश पाउने व्यवस्था


२२ श्रावण २०७५, मंगलबार


काठमाडौं ।  बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने व्यवस्था गरिएको छ  । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो   ।

 सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ । आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य  हुने भएको  हो  ।

आगामी भदौ १ देखि अंशबण्डा गर्दा अंशियार गर्भवती महिलाको बच्चालाई पनि समानरुपले अंश छुट्टयाउनु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस