२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून मन्त्रीसहित तीन मन्त्री नियुक्त, आजै राष्ट्रपतिबाट सपथ ग्रहण

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं. ३ बाट निर्वाचित भएका हुन् । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका छन्। नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।