संसदीय सुनुवाइ समिति बैठक आज बस्ने, के जोशीको नाम अनुमोदन होला त ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसदीय सुनुवाइ समिति बैठक आज बस्ने, के जोशीको नाम अनुमोदन होला त ?


१४ श्रावण २०७५, सोमबार


काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आइतबार बस्ने बैठक सोमबारका लागि सारिएको थियो ।

भावी प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने आजै निर्णय गरिने बताइएको छ ।

आज दिउँसो बस्ने बैठकबाट उपयुक्त निर्णय लिइने जनाइएको छ ।

जोशीकोे शैक्षिक प्रमाणपत्र, भ्रष्टचारसम्बन्धी फैसला जस्ता विषयमा चित बुझ्दो जवाफ नआएको र समितिका केही सदस्यहरु उपस्थित नभएको भन्दै आइतबारको बैठक स्थगित भएको थियो ।

जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश बनाउनेमा  अन्योलता उत्पन्न भएको छ ।

संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

गत चैत १ गते पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस