काभ्रेको धुलिखेलमा बस दुर्घटना, २८ घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काभ्रेको धुलिखेलमा बस दुर्घटना, २८ घाइते


१० श्रावण २०७५, बिहिबार


बनेपा । बिपी राजमार्गअन्तर्गत पर्ने काभ्रेपलाञ्चोकको धुलिखेल–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

खड्काका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस