कृषिका १० कर्मचारीलाई पनि गर्यो सरकारले पदमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कृषिका १० कर्मचारीलाई पनि गर्यो सरकारले पदमुक्त


२५ असार २०७५, सोमबार


काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारका कृषि मन्त्री रामकृष्ण यादवले मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका १० जना कर्मचारीलाई ओली सरकारले पदमुक्त गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार असार २० गते बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम कृषि विकास मन्त्रालय अन्तर्गतका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कोष, समिति, कम्पनी, बैंक लगायतका संस्थामा कार्यरत १० जना कर्मचारीलाई मन्त्रालयले पदमुक्त गरेको हो । मन्त्रिपरिषद् निर्णय अनुसार उनीहरुलाई पदमुक्त गरिएको छ ।

पदमुक्त हुनेमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य मनोजमणि आचार्य, कृषि सामाग्री कम्पनी लिमिटेडका सदस्य सुनिल तिमल्सिना, कृषि सामाग्री कम्पनी लिमिटेडका सदस्य भागवतप्रसाद यादव, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका राजनप्रसाद न्यौपाने, नेपाल उखु तथा चिनी विकास समितिका रामआषिश महतो, राष्ट्रिय दुग्द्य विकास बोर्डमा नियुक्तीका पाँच जना कर्मचारी निर्मला ज्ञवाली, रतन गुरुङ, शिवकुमार थारु, राजेन्द्रराज पन्त र रामकुमार खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस