मेयरले ६ महिनायता मानसिक यातना दिएको युनियनको आरोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेयरले ६ महिनायता मानसिक यातना दिएको युनियनको आरोप


११ असार २०७५, सोमबार


पोखरा । पोखरा लेखनाथ महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेललाई मेयर मानबहादुर जिसी र व्यवस्थापन पक्षले ६ महिनादेखि मानसिक यातना दिने गरेको स्थानीय तह कर्मचारी युनियनले आरोप लगाएको छ ।

‘पारिवारिक एवम् स्थानीय तह कर्मचारी युनियन पोखरा लेखनाथ महानगरपालिका इकाइ स्रोतका अनुसार विगत ६ महिनायता उहाँलाई विभिन्न बहानामा पोखरा लेखनाथ महानगरका प्रमुख एवं व्यवस्थापनबाट घटुवा गर्ने, पदीय हिसावले मानमर्दन गर्ने, विनाकारण अपायक सरुवा गर्ने र अतिरञ्जित लान्छना लगाउने तथा कार्यालयभित्र उहाँको व्यक्तित्वलाई तेजोबोध गर्ने तथा राजनीतिक आस्ताकै आधारमा व्यावसायिक चरित्र हत्या गर्ने जस्ता मानवीय संवेदनशीलतामाथि प्रहार गरिरहेका अवस्था थियो,’ महासचिव रामप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

युनियनले पौडेलको खोजी गरिदिन र त्यस्तो अवस्था सिर्जना गर्ने उपर छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ ।

हेर्नुस् विज्ञप्ति

सूचना अधिकारी पौडेल हिजोदेखि सम्पर्कविहीन,

प्रतिक्रिया दिनुहोस